सांकेतिक तस्बिर

समाचार

९५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 08, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८१ कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा गरी कुल ९५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ५८ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन् ।

सुदुरपश्चिममा २ जना आईसीयूमा उपचाररत छन् ।