राजनीति

भक्तपुर एमाले अध्यक्षमा देउजा निर्वाचित

By खबरहब

January 08, 2022

भक्तपुर– नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् । शुक्रबार सुरु भएको आठौं जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो ।

शनिबार भएको बन्दसत्रले देउजालाई अध्यक्ष र उपाध्यक्षमा वासुदेव थापालाई चयन गरेको छ । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको छ ।