खेलकुद

डिफेन्डर सुले बोरुसिया डर्टमण्डमा अनुबन्धित

By खबरहब

February 08, 2022

काठमाडौं । बोरुसिया डर्टमण्डले डिफेन्डर निकलस सुलेलाई अनुबन्धित गरेको छ । बार्यन म्युनिखका डिफेन्डर सुलेलाई बुन्डेसलिगा क्लब डर्टमण्डले अनुबन्ध गरेको हो ।

सुले डर्टमण्ड क्लबमा सन् २०२२ को समरबाट खेल्नेछन् । उनले पाँच वर्ष बायर्नमा खेलेका छन् ।

उनी सन् २०१७ मा बायर्न प्रवेश गरेका थिए । २६ वर्षीय सुलेले त्यसअघि होफेनहाइमबाट फुटबल खेलेका हुन् ।