फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

By खबरहब

February 08, 2022

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको संख्या ४ करोड २३ लाख ३४ हजार नाघेको छ।

यस्तै संक्रमण पुष्टि हुने भन्दा निको हुने दर दोब्बरले बढेको छ। २४ घण्टामा १ लाख ६४ हजार संक्रमण मुक्त भएसँगै कोरोना जित्नेको संख्या ४ करोड ८ लाखभन्दा धेरै छ।

अझै पनि १ करोड ५ हजार सक्रिय संक्रमित रहेकामा ८ हजार ९ सयको अवस्था भने जटिल रहेको पाइएको छ।