समाचार

महेश बस्नेत भन्छन्–सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनसक्छ

By खबरहब

February 08, 2022

काठमाडौं–नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् ।

बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि दाबी गरे । बस्नेतले सभामुखले सदनमा अभिभावकिय भूमिका निर्वाह गर्नसक्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले सबैको दबाबका कारण सरकारले वैंशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसीसीका बारेमा धारणा तय गर्ने जिकिर गरे ।