फाइल फोटो

समाचार

निर्वाचनको तयारीमा जुट्यो आयोग

By खबरहब

February 08, 2022

काठमाडौँ– स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी सुरु गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयारी थालेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्दैछ ।

आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए । ‘कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुन्छ,’ उनले भने ।

विगतका निर्वाचनका अनुभव र कमजोरीका आधारमा कार्यविधि बनाउने पौडेलले बताए । त्यस्तै आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहान भर्चुअल माध्ययममार्फत् भएको बैठकमार्फत यस्तो निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।