फाइल फोटो ।

राजनीति

भोलि कार्यव्यवस्था समितिको बैठक

By खबरहब

February 08, 2022

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो ।

भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।