मुख्य समाचार

पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना पुष्टि, थप ११ जनाको मृत्यु

By खबरहब

February 08, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै ४ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।