सांकेतिक तस्बिर

समाचार

२९७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 08, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २५५ कोरोना संक्रमितको आईसीयूमा र ४२ को भेन्टिलेटरमा गरी कुल २९७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ७ जना आईसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १७२ जना आईसीयूमा र ३५ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १२ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।