समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 08, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २७९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ३५ ११–२० वर्ष –४७ २१–३० वर्ष – २७९ ३१–४० वर्ष – २११ ४१–५० वर्ष – १४९ ५१–६० वर्ष – १०४ ६१–७० वर्ष –९३ ७१–८० वर्ष – ६६ ८० वर्षभन्दा माथि– ३४ अज्ञात– ४