देश/प्रदेश

थप ११ संक्रमितको मृत्यु

By खबरहब

February 08, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै ४ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।