समाचार

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुग्यो

By खबरहब

February 08, 2022

काठमाडौँ– अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ३६ हजार १८१ पुगेको हो । आज ५ हजार १०३ जनाले कोरोनालाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।