अन्तर्राष्ट्रिय

जापानबाट आयात हुने स्टिलको कर अमेरिकाले २५ प्रतिशतले कटौती गर्ने

By खबरहब

February 08, 2022

काठमाडौँ– अमेरिकाले जापानबाट आयात गर्ने स्टिलमा लगाइएको कर कटौती गर्ने भएको छ ।

वार्षिक रुपमा १२ लाख ५० हजार मेट्रिक टनमा लगाइको कर कटौती गर्न अमेरिका र जापानबीच सहमति भएको हो ।

नयाँ सम्झौता अनुरुप आयात गरिने आल्मुनियम बाहेकका अन्य स्टिलमा २५ प्रतिशत कर कटौती गर्ने भएको हो । आउँदो अप्रिल एकदेखि यो नयाँ सम्झौता कार्यान्वयनमा आउने अमेरिकाका वाणिज्य सचिव जीना रेमन्डोले बताए ।

विश्वव्यापी स्टिल उद्योगमा चीनको वर्चस्व रहेको अवस्थामा यो सम्झौतासगैँ जापानको स्टिल उद्योममा पनि बढोत्तरी हुने आँकलन गरिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सस्तो धातु आयातलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा रहेको भन्दै कर लगाएको थियो ।