समाचार

मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको निरीक्षण

By खबरहब

February 08, 2022

काठमाडौँ– भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् ।

मंगलबार भृकुटिमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषदमार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताइन ।

समाज कल्याण परिषदअध्यक्ष समेत रहेकी मन्त्री रेग्मीले अब्यवस्थित रुपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेको जग्गाजमीनलाई उपयोग गर्ने रणनीति बनाएको बताइन ।