फाइल फोटो

आर्थिक

किप्टोकेन्सी कारोबारमा संलग्न नहुन पुनः राष्ट्र बैंकको आग्रह

By खबरहब

February 08, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नहुन पुनः आग्रह गरेको छ ।

राष्ट्र बैंक आज क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरता सम्बन्धी विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो ।

क्रिप्टोकरेन्स तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्किङ मार्केटिङमा आबद्ध हुने क्रियाकलापमा युवा जनशक्ति आर्कषण भइरहेको यसले आर्थिक व्यवस्थामा नकारात्मक असर पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी यस्ता व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने हुदाँ यसमा संलग्न नहुन र नगराउन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई राष्ट्र बैंकले चेतावनी समेत दिएको छ ।