राजनीति

बालकोटमा ओली र कोइरालाको भेट

By खबरहब

February 08, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्ने नेता कोइराला आज साँझ ओली निवास बालकोट पुगेका थिए ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमसीसी सम्झौता र संसदमा एमालेको अवरोधका विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

ओलीलाई भेट्न बालकोट जानुअघि दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।

यसअघि अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालालाई भेटेका थिए ।