आर्थिक

उकालो लाग्दै अमेरिकी डलर : यस्तो छ विदेशी मुद्राको विनिमय दर

By खबरहब

March 08, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। विस्तारै अमेरिकी डलर उकालो लागेको छ । राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ८४पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?