फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसले युद्धविराम कार्यान्वयन गरेन : युक्रेन

By खबरहब

March 08, 2022

एजेन्सी- रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही सहरमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ।

रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धबिराम घोषणा गरेको थियो। तर, ती सहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ।

रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अबरुद्ध भएको युक्रेनले जनाएको छ। गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ।

रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ। त्यस्तै युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन्। युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्व्देश फर्काइरहेका छन्।