समाचार

चापागाँउमा महिलालाई उद्यमी तालिम

By खबरहब

March 08, 2022

चापागाउँ- महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् ।

उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् ।

प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने रहेको बताए । गाेदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले १ सय ५० जनामध्ये विषय विज्ञको छनाेटपछि २८ जनालाई तालिम दिन लागेको बताए ।

तालिम कार्यक्रमकी संयोजक निर्मला क्षेत्रीले २१‍ औँ शताव्दीका महिला आत्मनिर्भर हुन उद्यममा लाग्नुपर्ने बताइन् ।

वाणिज्य संघका उपाध्यक्ष राजन महर्जनले आमा उद्यमी भएकै कारण आफू उद्यमी बन्न सकेको बताए ।