मुख्य समाचार

फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष आज नेपाल आउँदै 

By खबरहब

March 08, 2022

काठमाडौँ- फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौँ आउँदैछन् । 

उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि नेपाल आउने काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ । 

नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आउन लागेका हुन् । 

नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालका अलावा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।