प्रतीकात्मक तस्वीर ।

समाचार

टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

By खबरहब

March 08, 2022

महोत्तरी- महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन् । 

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

सोमबार बेलुकी साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।