तस्वीर- युक्रेनी गुप्तचर निर्देशनालय/न्यूयोर्क पोष्ट

अन्तर्राष्ट्रिय

युक्रेनमा अर्का रुसी जर्नेल मारिए

By खबरहब

March 08, 2022

काठमाडौं– युक्रेनको सैनिक गुप्तचर निकायले युक्रेनमा अर्का एक रुसी सैनिक जर्नेल मारिएको दाबी गरेको छ । रुसी घेराबन्दीमा परेको पूर्वी शहर खार्किभमा रुसी सेनाको ४१ औं आर्मीका प्रथम उप–कमाण्डर मेजर जनरल भिताली गेराशिमोभको मृत्यु भएको युक्रेनी दाबी छ ।

उनी सोमबार मारिएको युक्रेनको गुप्तचर निर्देशनायले जनाएको हो । यसअघि युक्रेनले फेब्रुअरी महिनाको अन्त्यतिर ४१ औैं आर्मीकै उप–कमाण्डर मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको थियो ।

शनिबारमात्रै युक्रेनमा स्पार्टा बटालियन भन्ने रुस समर्थक कुख्यात नव नाजी लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको पनि पूर्वी शहर भोल्नोभ्कामा गोली हानी हत्या भएको थियो ।

रुसले आफ्नो मुलुकमा सैनिक आक्रमण गरेयता ११ हजार रुसी सैनिक मारिएको युक्रेनी पक्षको दाबी छ ।

यता रुसले भने हालसम्म आफ्ना ५ सय भन्दा कम सैनिक मात्रै मारिएको दाबी गरेको छ । यद्यपि दुबै दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।