तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनमा भएको विष्फोटमा बालबालिकासहित ९ को मृत्यु

By खबरहब

March 08, 2022

काठमाडौं- युक्रेनमा भएको विष्फोटमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

राजधानी किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा हवाई आक्रमण भएको जनाइएको छ ।

युक्रेनको उद्धार सेवाले उक्त कारवाहीमा दुई जना बालबालिका समेत ९ जनाको मृत्यु भएको जनाएको हो ।

‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’ युक्रेनी उद्धार सेवाको आरोप छ ।

रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटामा परेको छ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी फौजले जानाजान सार्वजनिक एवम् आवासीय क्षेत्रहरूलाई लक्षित गरी पटक पटक हमला गर्ने गरेको युक्रेनी पक्षले आरोप लगाउँदै आएको छ ।