खेलकुद

नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

By खबरहब

March 08, 2022

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको राष्ट्रिय फुटबल टिमले थाइल्याण्डमा उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

यो खेल मार्च २४ तारिखमा हुनेछ ।

त्यस्तै मार्च २७ मा नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।