राजनीति

ओलीको प्रश्न– निर्वाचन चिह्न हरियो किन राख्ने ?

By खबरहब

March 08, 2022

काठमाडौँ– स्थानीय चुनावअन्तर्गत मतपत्रमा निर्वाचन चिह्न हरियो रंगको राख्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आपत्ति जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

सोमबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमा यस पटक निर्वाचन चिह्न हरियो रंगको हुने जानकारी दिएको थियो ।