तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

आफ्ना नागरिकको उद्धारमा सघाउन औद्योगिक प्रतिष्ठानलाई भारतको आह्वान

By खबरहब

March 08, 2022

काठमाडौं– युक्रेनमा फसिरहेका आफ्ना नागरिकलाई सहायता गर्न एवम् राहत सामग्री उपलब्ध गराउन भारत सरकारले उद्योगहरुलाई आह्वान गरेको छ । हालै सम्पन्न औद्योगिक प्रतिष्ठानहरूसँगको अन्तरक्रिया कार्यक्रममा भारतको व्यापार तथा वाणिज्य मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका छिमेकी देशहरू पोल्याण्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियामा गरी ३० वटा जति भारतीय कम्पनी एवम् संगठनहरू सक्रिय रहेको बताइएको छ ।

यी संगठनहरुले ४०० स्वयंसेवक परिचालन गरी भारतीय नागरिकलाई बास, खाना र यातायात सेवा दिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘युक्रेनका छिमेकी देशहरु स्थित हाम्रा नियोग र भारतीय कम्पनीहरुसँग समन्वय गरी सबै भारतीयलाई युक्रेनबाट उद्धार गर्ने कार्यलाई अघि बढाइएको छ ।’ भारतीय अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।