देश/प्रदेश

थप १९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

By खबरहब

March 08, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका छन्।