समाचार

नेपाली बजारमा डाबर वाटिका नेचुरल स्याम्पु

By खबरहब

March 08, 2022

काठमाडौँ– डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल स्याम्पु सार्वजनिक गरिएको छ ।

डाबर नेपालले सोमबार कार्यक्रम गरी कम्पनीको नयाँ ब्राण्ड बजारमा ल्याएको हो । ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का र कम्पनीका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा संयुक्त रूपमा डाबर वाटिका स्याम्पुको उद्घाटन गरिएको छ ।

नेपाली बजार गुणस्तरीय स्याम्पु उपलब्ध गराएको कम्पनीले दाबी गरेको छ ।

यो स्याम्पु कपालको दैनिक आवश्यक हेरचाहका लागि १० प्राकृतिक पोषणले भरिपूर्ण रहेको कम्पनीका व्यापार प्रमुख एच. एस. बेदीले बताए ।

मार्केटिङ प्रमुख गोर्खालीले उपभोक्तालाई सधैँ नयाँ र रोमाञ्चक उत्पादन ल्याउने कम्पनीको प्रयास जारी रहने बताए ।