तस्वीर- अनादोलू एजेन्सी

अन्तर्राष्ट्रिय

आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा अफगानिस्तान

By खबरहब

March 08, 2022

काठमाडौं- अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान आईईपी द्वारा प्रकाशित विश्वव्यापी आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वमा भएका आतङ्कवादी गतिविधिबाट ज्यान गुमाउनेहरुको कुल सङ्ख्याको २० प्रतिशत हो ।

आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला  गरिएका प्रतिवेदनमा जनाइएको छ । यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ।