तस्वीर- जीएसएमएरिना

साइबर हमला

सामसुङमाथि साइबर हमला, ग्यालेक्सी फोनको सोर्स कोड समेत लिक

By खबरहब

March 08, 2022

काठमाडौं- स्मार्टफोन निर्माता कम्पनी सामसुङले आफ्नो आन्तरिक डेटा चुहिएको जनाएको छ । ह्याकरहरुले सामसुङको १९० जीबी डेटा लिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लाप्सस भनिने ह्याकरहरुको समूहले सामसुङको डेटा आफ्नो टेलिग्राममार्फत् सार्वजनिक समेत गरिदिएका छन् । यही ह्याकर समूहले केही अघि न्भिडियामाथि पनि आक्रमण गरेको थियो ।

सामसुङको ग्यालेक्सी ब्राण्डको स्मार्टफोनको समेत अपरेशनल सोर्स कोड ह्याकरहरुले चुहाएको जनाइएको छ ।

सामसुङ कम्पनीले पनि आफ्नो डेटा ह्याक भएको पुष्टि गरेको छ । कम्पनीको आन्तरिक डेटा लिक भएपनि प्रयोगकर्ताको डेटामा भने कुनै असर नपरेको जनाइएको छ ।

कम्पनीका प्रवक्ताले जनाएअनुसार भविष्यमा यस्तै किसिमको घटना नदोहोरियोस् भन्नाका लागि तयारीहरु भइरहेको छ ।