राजनीति

न्यायाधीशहरूले संविधान हेर्न छाडेको ओलीको टिप्पणी

By खबरहब

March 08, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रममा उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीशहरूले संविधान हेर्न छोडेको टिप्पणी गरेका हुन् ।

न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीका रूपमा देखिएको पनि ओलीको आरोप छ ।

‘हाम्राविरुद्धका परमादेशहरू जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्र्न छोड्नुभयो । श्रीमानले के हे¥या होे ?,’ ओलीले भने, ‘उहाँहरू त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरूलाई चिन्ता छ ।’