तस्वीर- क्याचन्यूज

अन्तर्राष्ट्रिय

रुसविरुद्धको मतदानमा भारत अनुपस्थित

By खबरहब

March 08, 2022

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणको निन्दा गर्न बसेको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आइएइएको बैठकमा मतदानका क्रममा भारत अनुपस्थित भएको छ । रुसले राजनीतिक दुराशयपूर्ण एवम् झूटको बलमा ल्याइएको भन्दै नयाँ प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

रुससँगै चीनले पनि उक्त प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

क्यानाडा र पोल्यान्डले युक्रेनको तर्फबाट भन्दै आइएइएको ३५ राष्ट्र सम्मिलित बैठकमा प्रस्ताव ल्याएका थिए । उक्त बैठकमा २६ मुलुकहरूले युक्रेनको पक्षमा मतदान गरेका थिए भने भारत, पाकिस्तान, दक्षिण अफ्रिका, सेनेगल र भियतनाम, मेक्सिको र बुरुन्डी मतदानमा अनुपस्थित भएका थिए ।

रुसलाई ‘चेर्नोबिलसहित सबै युक्रेनी आणविक केन्द्रहरुमा जारी आक्रमण रोक्न’ आह्वान गरिएको थियो ।

रुस र भारतबीच आणविक उर्जाका क्षेत्रमा लामो समयदेखि सहकार्य रहँदै आएको छ । भारतको एकमात्र विदेशी सहयोगमा निर्मित आणविक केन्द्र रुसको आणविक एजेन्सी रोसएटमको सहयोगमा निर्माण गरेको हो ।

भारतले बंगलादेशमा पनि रुसी सहयोगमा आणविक केन्द्र निर्माण गर्न पहल गर्दै आएको छ ।