फाइल तस्वीर

राजनीति

परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट

By खबरहब

March 08, 2022

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग फ्रान्सेली प्रतिनिधिमण्डलले भेट गरेको छ ।

पाँचदिने नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री डा. खड्कासँग भेटवार्ता गरेको हो ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए ।

नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर छन् ।

आजै मन्त्री खड्कासँग नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुलियाश्भिलीले शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।