समाचार

पुरुषवादी सोचका कारण महिला पछाडि परे: आरजु राणा

By खबरहब

March 08, 2022

काठमाडौँ– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पुरुषवादी सोच कायम रहेकाले महिलाहरू अगाडि बढ्न नपाएको बताएकी छन् ।

मंगलबार काठमाडौँमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रममा नेतृ राणाले महिलाहरू सक्षम हुँदासमेत केही गर्न नसक्ने मानसिकता कायमै रहेकाले अगाडि बढ्न नसकेको बताएकी हुन् ।

उनले २१ औँ शताब्दी पनि नेपाली समाज पुरुष प्रधान रहेको पनि टिप्प्णी गरिन् ।

यद्यपि, संविधानले महिलालाई हरेक निकायमा ३३ प्रतिशत सुनिश्चित गरेपछि केही हदसम्म प्रतिनिधित्व पाइरहेको पनि उनले बताइन् ।

राणाले पुरुष प्रधान समाजभन्दा माथि उठेर आफ्नो हकअधिकारका लागि राजनीतिलगायत क्षेत्रमा महिलाहरू आउनुपर्ने पनि बताइन् ।

महिलालाई राजनीतिमा सफल हुन कठिन रहेको चर्चा गर्दै उनले सामुनपातिकभन्दा पनि प्रतिस्पर्धात्मक रूपमा अगाडि आउनुपर्ने उनको सुझाव थियो ।