अन्तर्राष्ट्रिय

मलेसियामा विदेश पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध फुकुवा हुँदै

By खबरहब

March 08, 2022

एजेन्सी– मलेसियाले अप्रिल १ तारिखबाट विदेश पर्यटकलाई प्रवेशका लागि अनुमति दिने भएको छ ।

कोभिड–१९ महामारीका कारण करिब दुई वर्षदेखि विदेशी पर्यटकको आगमनमा रोक लगाएको मलेसियाले अप्रिल १ तारिखबाट यो प्रतिबन्ध हटाउने भएको हो ।

मलेसियाले सन् २०२० को मार्चदेखि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।