आर्थिक

एनएमबि बैंक र दराज प्रा.लि. बीच सम्झौता

By खबरहब

April 08, 2022

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

बैंकका ग्राहकले दराजद्वारा अनलाइनमार्फत सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्मछुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताले चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा १,००० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा १,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्ने बताइएको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।