आर्थिक

अमेरिकी डलर महंगो हुँदै, शुक्रबारको बिनिमय दर कुनको कति ?

By खबरहब

April 08, 2022

काठमाडौँ- अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्रामा अमेरिकी डलरको भाउ बढेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ २४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८४ पैसा रहेको छ । यसअघि बुधबार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा थियो ।

यस्तै शुक्रबार युरो एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।