तस्वीर- क्यानबेरा टाइम्स

अन्तर्राष्ट्रिय

कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु

By खबरहब

April 08, 2022

काठमाडौं– प्रजातान्त्रिक गणतन्त्र कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।

कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । सैनिक क्याम्प छेउमा रहेको रेष्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ ।

बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन् । उनले भने– ‘घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको उनले बताए ।