उपभोक्ता

मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित

By खबरहब

April 08, 2022

मुगु– मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् ।

परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने समूहमा आबद्ध महिलाले अपेक्षा गरेका छन् ।

च्याउ खेती सुरु गरे पश्चात आधारभूत आवश्यकता टार्नेदेखि अतिरिक्त आम्दानी हुनेमा उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्परागत बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताएकी छिन् ।

मुगुमा च्याउ प्रतिकिलो पाँच सय रुपैयाँका दरले किनबेच हुने गरेको छ। मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौ सम्मको समय ठिक हुने उनीहरूको भनाइ छ।