पर्यटन

नेपालका १८ वटा हिमाल आरोहण गर्न ५०५ जनाले लिए अनुमति

By खबरहब

April 08, 2022

काठमाडौँँ – यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नका लागि ५०५ जनाले अनुमति लिएका छन् । 

पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कुल ५०५ जना रहेका छन् । 

यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि अनुमति पाउनेमा १५८ पुरुष र २०४ महिला छन् । 

सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणका लागि अनुमति लिनेहरूको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार आमादब्लमका लागि ३९, अन्नपूर्ण फर्टका लागि २६, बरुन्त्सेका लागि १६, धौलागिरीका लागि २१, हिमलुङका लागि १६, कञ्चनजङ्गाका लागि ४६, मकालुका लागि १५, मनास्लुका लागि ९, नुप्त्सेका लागि २८ जनाले अनुमति पाएका छन् ।

यसवर्ष हिमाल आरोहणका लागि अनुमति दिँदा हालसम्म २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।