तस्वीर- द क्विन्ट/ब्लूम्बर्ग

अन्तर्राष्ट्रिय

स्थानीयको सहभागितामा लद्दाखमा १३ किलोमिटर लामो सुरुङको निर्माण कार्य जारी

By खबरहब

April 08, 2022

काठमाडौं– भारतको लद्दाखलाई बाँकी विश्वसँग जोड्ने रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण १३ किलोमिटर लामो जोजिला सुरुङको निर्माण कार्य चलिरहेको छ ।

मेगा इन्जिनियरिङ एण्ड इण्डिष्ट्रिज लिमिटेड नामक कम्पनीले यसको निर्माण गरिरहेको छ । कम्पनीले स्थानीय कश्मीरीहरुको सहभागितामा यो परियोजना अघि बढिरहेको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यो परियोजनामा काम गर्ने १ हजार मध्ये ९ सय जना कामदार स्थानीय कश्मीरीहरू नै छन् ।

‘मैले धेरै मिहिनेतले यो काम सिकेको हुँ । हाइड्रोलिक रिगजस्ता भारी औजारको प्रयोग मेरा लागि धेरै गाह्रो काम होइन । सुरुङ खन्दा मलाई कुनै डर हुन्न ।’ बन्दिपोराका कामदार बाबा लतिफले एएनआईसँग भने ।

कामदारहरूसँग २० वर्षसम्म रेलमार्ग, सडकमार्ग, विद्युत लाइनजस्ता परियोजनामा काम गरेको अनुभव रहेको जनाइएको छ । परियोजनामा कार्यरत २ सयभन्दा धेरै इन्जिनियरहरु पनि स्थानीय नै छन् ।