समाचार

दक्षिणकाली नगरपालिकामा केबलकार चल्ने

By खबरहब

April 08, 2022

काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर १ को चाल्नाखेल वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ ।

 चम्पादेवीको फ्रेण्डली कम्पनी प्रा.लि.ले यो केबलकार सञ्चालन गर्ने भएको हो ।

कम्पनीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको छ । कम्पनीका  सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरु हुने जानकारी दिए ।

कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिरमा रहेको डाँडासहित करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ ।

उक्त केबलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च हुने कम्पनीले जनाएको छ ।