फाइल फोटो ।

राजनीति

‘एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ’ : एमाले महासचिव पोखरेल

By खबरहब

April 08, 2022

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताएका छन् ।

नेकपा एमाले सञ्चार इलाकाले आज गरेको कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताएका हुन् ।

प्रधानमन्त्रीका रूपमा रहँदा केपीशर्मा ओलीले नागरिकलाई सपना देखाएका र ती सपना साकार बनाउन काम थालेको उनको भनाइ थियो ।

उनले भने “हिजो शिलान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ ।” नेकपा (एमाले) प्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताए ।

पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उनको भनाइ छ । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) छुटिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उनले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उनले बताए ।

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टीमा अहिले कुनै पनि विवाद नभएकाले अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने गरी लागिएको बताए ।