फाइल फोटो

ब्रेकिङ स्टोरी

दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत

By खबरहब

April 08, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् ।

दाहाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

सांसद् रामनारायण बिडारीको कार्य अवधि सकिएपछि खाली रहेको सदस्यमा दाहाललाई नियुक्त गरिएको हो ।