ब्रेकिङ स्टोरी

सुदूरपश्चिम सरकार पुनर्गठन, नेपाली कांग्रेस पनि सहभागी

By खबरहब

April 08, 2022

सुदूरपश्चिम– सुदूरपश्चिम सरकार पुनर्गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

त्यसैगरी, आर्थिक मामिलामन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् ।

एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता प्रदेश सरकारले फिर्ता बोलाएको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छन् । एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छन् भने अमर साउद नियुक्त भएका छन् ।

सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।

उनीहरूले आजै सपथ लिएका छन् ।