तस्वीर- क्रिकइन्फो

क्रिकेट

आईपीएलमा आज दुई खेल हुँदै, अक्षर पटेल सयौँ विकेटको खोजीमा

By खबरहब

May 08, 2022

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोर भिड्दैछन् ।

हैदरावाद र बैङ्गलोर बीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । हैदरावाद छैटौँ जितको खोजीमा छ भने बैङ्गलोर सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद १० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ भने बैङ्गलोर १२ अंकसहित चौथो स्थानमा छ । 

मुम्बईको डी वाई पाटिल स्टेडियममा हुने अर्को खेलमा चेन्नाई सुपर किङ्ग्स र दिल्ली क्यापिट्ल्स राति पौने ८ बजे भिड्नेछन् । आईपिएलमा १०० विकेट पुरा गर्न दिल्लीका लेफ्ट आर्म स्पिनर अक्षर पटेललाई आजको खेलमा केबल एक विकट चाहिन्छ ।

अक्षर आफ्नो १०० औँ विकेट पुरा गर्न मैदान प्रवेश गर्ने छन् । चेन्नाई चौथो जितको खोजीमा छ भने दिल्ली छैटौँ जित निकाल्न चाहन्छ । दिल्ली १० अंकसहित अंक तालिकाको पाचौँ स्थानमा छ भने चेन्नाई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।