मनोरञ्जन

मिलनको ‘हाँस तिमी’ मा सृजना र सन्तोष (भिडियो)

By खबरहब

May 08, 2022

काठमाडौँ– गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको सार्वजनिक भएको छ । 

गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा बिसन मानन्धरले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुचि राख्छन् । 

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलिसकेकी सृजना थियटर, रंगमञ्च, भ्लग हुँदै अभिनयमा आएकी हुन् । बेलायतका रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । 

प्रवासबाट रहेर पनि स्तरीय भिडियो तयार गर्ने परिचय बनाएका निर्देशक कुशल सञ्चारकर्मी समेत हुन् ।