बलिउड/हलिउड

प्रभासको फिल्ममा दिशा

By खबरहब

May 08, 2022

 काठमाडौँ– साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्ममा बलिउडकी अर्की एक्ट्रेस दिशा पाटनीको पनि अभिनय रहने भएको छ । 

उनले सामाजिक सञ्जाल मार्फत आफू प्रोजेक्टमा जोडिएको जनाएकी छिन् । उनले ‘प्रोजेक्ट के’ भनिएको फिल्ममा आफू जोडिएको बताएता पनि भूमिकाबारे भने खुलाएकी छैनन् । फिल्ममा बलिउडका बिग बि अर्थात अमिताभ बच्चन पनि छन् । 

निर्देशक नाग आश्विनको निर्देशनमा तयार भइरहेको फिल्मको छायांकन भइरहेको छ । फिल्म तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिएको बुझिएको छ । साइन्स फिक्सन फिल्मलाई लिएर प्रभाससँगै दीपिका पनि उत्तिकै उत्साहित छिन् ।

यो प्रभाषले अभिनय गरेको २१ औं फिल्म हो । हिन्दी, तमिल र तेलुगु भाषामा दर्शकले हेर्न पाउने फिल्मको रिलिज तय गरिएको छैन ।