तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

हङ्कङमा पूर्व सुरक्षा प्रमुख नयाँ नेता चुनिए

By खबरहब

May 08, 2022

काठमाडौं– हङ्कङका पूर्व सुरक्षा प्रमुख त्यहाँको नयाँ नेता चुनिएका छन् । बन्द मतदानबाट पूर्व सुरक्षा प्रमुख जोन ली हङ्कङको नयाँ नेता चुनिएका हुन् । चुनावमा उनी एकमात्र उम्मेद्वार रहेको बीबीसीले जनाएको छ ।

मुख्यभूमि चीनको कट्टर समर्थक मानिने लीको चुनावलाई हङ्कङमा चीनले आफ्नो नियन्त्रणलाई अझ सुदृढ बनाउने अर्थमा विश्लेषण गरिएको छ ।

सन् २०१९ मा हङ्कङमा लोकतन्त्रवादी प्रदर्शनकारीमाथि दमन भएको समयमा उनी नै त्यहाँको सुरक्षा प्रमुख रहेको जनाइएको छ ।

उनले सन् २०१७ यता हङ्कङको नेतृत्व गरिरहेकी क्यारी लामलाई प्रतिस्थापित गर्ने जनाइएको छ ।

हङकङमा १५ सय जनाको सानो समूहले मात्र नेता चुन्ने प्रावधान रहेको र तीमध्ये अधिकांश चीनसमर्थक रहेको बीबीसीले जनाएको छ ।