देश/प्रदेश

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण

By खबरहब

May 08, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षण तथा १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

 पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २१ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन्।